काठमाडौं- सिद्धार्थ बंैैक र दुसित थानि हिमालयन रिसोर्ट प्रा. लि. (धुलिखेल,काठमाडौं) बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित दुसित थानि हिमालयन रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै अन्य सेवामा १५% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया