शेयर कारोबारबाट आज यी  राशीलाई हुनसक्छ मनग्य लाभ ? हेनुस् राशिफल

विहीबार, ०८ कार्तिक २०८१, ०६ : ५६

काठमाडाैँ- आज वि।सं।२०८१ साल कात्तिक महिनाको ८ गते बिहीबार, कार्तिक कृष्णपक्षको सप्तमी तिथि । 

मेष 
 पेशागत जीवनमा अस्थिरताको सामना गर्नुपर्ने भएकाले धैर्यतापूर्वक कदम चाल्नु होला । प्राप्त भएको विश्वास र छविमा गिरावट आउने भएकाले सावधान रहनु होला ।  शेयर बजारबाट फाइदा मिल्ने छैन् । 

वृष
पेशागत जीवन स्थिर बन्ने र लाभ प्राप्त हुने छ । तर आम्दानीमा भने साचे जस्तो बृद्धि अलि हुने छैन् । दाम्पत्य जीवनमा बिबाद उत्पन्न हुने भएकाले तनाव उत्पन्न हुने छ ।  शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।

मिथुन 
दाम्पत्य जीवनमा भरोषा बढ्ने छ । जीवनसाथिको साथमा कामहरु गरेमा लाभ मिल्ने छ । पेशागत जीवनमा महत्वपूर्ण भुमिका प्राप्त हुने छ । जलविद्युत क्षेत्रमा आवद्धहरुलाई भने समय चुनौतिपूर्ण देखिन्छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् । 


कर्कट
 जीवनसाथिको साथ र सल्लाहमा कामहरु अघि बढाएमा प्रगति हुनेछ । पैतृक सम्पत्तिको परिचालन गर्ने विषयमा भने समस्याहरु देखा पर्ने छ । विदेश यात्रा सफल हुने छ । आम्दानीमा केही बृद्धि हुनेछ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् ।

सिंह
पेशागत जीवन औसत खालको रहने छ । आम्दानीमा गिरावट आउने हुँदा यसको असर पारीवारिक जीवनमा देखा पर्ने छ । संयमित रहनु पर्ने समय छ । सेवा क्षेत्रमा आवद्धहरुलाई अपेक्षा गरेअनुसार हुने छैन् । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कन्या
बढि महत्वाकांक्षा भन्दा व्यावहारिक हुने कोशिस गर्नु होला । बौद्धिकस्तरमा बृद्धि हुने छ । यात्रामा सफलता मिल्ने छ । अरुको विश्वास कायम रहँदा छवि कायम रहिरहने छ । शेयर क्षेत्रबाट भने लाभ मिल्ने छैन् । 

तुला
आम्दानीमा पनि गिरावट आउने हुँदा आर्थिक दबाब उत्पन्न हुने छ । परिवारमा किचलोको अवस्था आउने छ । बोलीमा रुखोपना देखिने हुँदा संयमित रहनु नै उपयुक्त हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

वृश्चिक
 रिस नियन्त्रणमा ध्यान नदिए आफैलाई घाटाको अवस्था आउने छ । आम्दानीमा सोचे जस्तो प्रगति नभए पनि धेरै कमि पनि हुने छैन् । पेशागत जीवन औसत हुने छ । शेयर बजारबाट फाइदा मल्निे छैन् ।

धनु 
संयमित भएर कदम चाल्नु पर्ने समय रहेको छ । पेशागत जीवनमा अस्थिरता उत्पन्न हुनेछ । होटल, रेष्टुरेण्ट, डान्स बार, सेक्युरिटी सर्भिस जस्ता क्षेत्रमा आवद्धहरुलाई प्रतिकुल देखिन्छ । शेयर बजारबाट फाइदा हुने छैन् । 

मकर 
भाग्यको साथ बलियो भएकाले गरेको मेहनतबाट पनि राम्रो आम्दानी प्राप्त हुने छ । पैतृक सम्पत्तिमा भने नोक्सानी हुने चुनौति रहेकाले संयमित रहनु होला । शेयर बजारबाट फाइदा हुने छ । 

कुम्भ 
 शिक्षा क्षेत्र, अध्ययन अध्यापन, शिक्षण, स्टेसनरी, उद्योग कलकारखाना, सवारीसाधन आदी क्षेत्रमा रहेकाहरुलाई अनुकुल देखिन्छ । विदेश यात्राका सन्दर्भमा सकारात्मक मोड आउने छ । शेयर क्षेत्र मध्यम प्रकृतिको रहने छ ।

मीन
 पैतृक सम्पत्ति र संचित भएको धन अनुत्पादक क्षेत्रमा खेर जाने चुनौति देखिएकाले विचार गरेर मात्र निर्णयहरु लिनु होला ।यात्रामा कठिनाई व्योहर्नु पर्ने छ । शेयर बजारबाट फाइदा हुने छैन् ।

विहीबार, ०८ कार्तिक २०८१, ०६ : ५६

प्रतिक्रिया