अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्ष यागबिच भेटवार्ता

विहीबार, ०८ कार्तिक २०८१, ११ : २३

काठमाडौँ –अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैङ्क (एडिबी) का उपाध्यक्ष यिगमिन विश्व बैङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा अमेरिका आएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैङ्क (एडिबी) का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ।

भेटका क्रममा उनीहरूबिच उक्त भेटघाटमा एसियाली विकास बैङ्कको वर्तमान पुँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको यहाँ स्थित नेपाली राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री पौडेलले नेपालको विकास–निर्माणका परियोजनामा बैङ्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

हालैको बाढी पहिरोबाट प्रभावित नेपाललाई बैङ्कले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकामा उनले आभार व्यक्त गरे । उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रिया बारेमा मन्त्री पौडेललाई जानकारी दिएको दूतावासले जनाएको छ ।

यसै गरी, उपप्रधानमन्त्री पौडेलले विश्व बैङ्कका कार्यकारी निर्देशक विम्पी सपुत्रासँग पनि भेटवार्ता गर्नुभएको छ । निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैङ्कको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिएका थिए । उपप्रधानमन्त्री पौडेलले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटवार्ता गरेका छन् ।
 

विहीबार, ०८ कार्तिक २०८१, ११ : २३

प्रतिक्रिया