रवि समर्थक र सहकारी पीडितको आज पनि पोखरामा प्रदर्शन

विहीबार, ०८ कार्तिक २०८१, १३ : ४३

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र सहकारी पीडितले आज पनि पोखरामा प्रदर्शन गरेका छन् ।

सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडी आईजी छविलाल जोशीको म्याद थप सम्बन्धी जिल्ला अदालत, कास्कीमा बहस जारी छ । अदालतमा बहस भइरहँदा रास्वपाका कार्यकर्ताले पनि प्रदर्शन गरिरहेका छन् ।

रवि लामिछाने समर्थन र सहकारी पीडितहरुले अदालत नजिकै छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । पोखरास्थित अदालत नजिकै पर्ने वाई चोक आसपासका क्षेधका रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् भने सहकारी पीडितहरुले पनि मुस्ताङ चोकमा प्रदर्शन गरिरहेका छन् ।

विहीबार, ०८ कार्तिक २०८१, १३ : ४३

प्रतिक्रिया