पहिलो त्रैमासमा नेपाल बैंकको खुद नाफा ६० करोड

विहीबार, ०८ कार्तिक २०८१, १४ : ०५

काठमाडौँ-  नेपाल बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ । सरकारी स्वामित्व रहेको उक्त बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा ३२२.९८ प्रतिशतले बृद्धि गरेको छ ।

 बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्म ६० करोड २१ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा भने नेपाल बैंकको नाफा १४ करोड २३ लाख ७० हजार रुपैयाँ मात्रै थियो । 

त्यस्तै, बैंकले जगेडा कोषको रकम ४.५३ प्रतिशत, निक्षेप १.१२ प्रतिशत र कर्जा लगानी २.७९ प्रतिशतले बृद्धि गरेको छ । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ०.४१ प्रतिशत र कुल सञ्चालन आम्दानी ०.०८ प्रतिशत र खुद फि कमिशतन आम्दानी ७.०३ प्रतिशतले घटेको भए पनि सञ्चालन मुनफा ५६४.६१ प्रतिशतले बढ्दा बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो । 

यसैगरी, पहिलो त्रैमासमा बैंकको इपिएस १७ रुपैयाँ ३२ पैसा, नेटवर्थ प्रतिशेयर २६४ रुपैयाँ ७१ पैसा रहेको छ भने खराब कर्जा सामान्य बढेर ३.९४ प्रतिशत पुगेको छ । 

1729756366-4RHb7

विहीबार, ०८ कार्तिक २०८१, १४ : ०५

प्रतिक्रिया