छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

विहीबार, ०८ कार्तिक २०८१, १५ : १७

काठमाडौँ-सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । 

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतले जनाएको छ  । 


उनी गत असोज ६ गते पक्राउ परेका थिए । पक्राउ परेसँगै उनको म्याद थप हुँदै आएको छ । बिहीबार नै अदालतले रास्वपाका सभापति रवि लामिछाने र सहकारी ठगीमै पक्राउ परेकी लीला पछाइको पनि ७ दिन नै म्याद थपको आदेश गरेको छ । 

विहीबार, ०८ कार्तिक २०८१, १५ : १७

प्रतिक्रिया