मानवसेवा आश्रमले गर्‍यो  ९८ जनाको उद्धार

विहीबार, ०८ कार्तिक २०८१, १७ : ४५

काठमाडौँ - मानवसेवा आश्रमले देशैभरबाट नौ दिनमा ९८ जनाको उद्धार गरेको छ । 

'यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनाले आयोजित मेची महाकाली राष्ट्रिय उद्धार यात्रा चलिरहेको छ । आनी छोईङ डोल्मा फाउण्डेसनको सहकार्यमा उद्धारकार्य भइरहेको छ । 

असोज २८ देखि कार्तिक ७ गते सम्ममा उद्धार गरिएकाहरुमध्ये कोशी प्रदेशबाट ४४,  मधेश प्रदेशबाट ४०, हेटौंडादेखि बुटवल सम्मबाट १४ जना रहेका छन् ।

विहीबार, ०८ कार्तिक २०८१, १७ : ४५

प्रतिक्रिया