कोसी प्रदेशमा चक्रवातको आंशिक प्रभाव

शुक्रबार, ०९ कार्तिक २०८१, ०६ : ०५

काठमाडौं- हाल देशभर पश्चिमी वायुसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।। साथै कोसी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभावसमेत रहेको छ।

आज बिहान कोसी र लुम्बिनि प्रदेशका पूर्वी भूभागको मौसम आंशिक देखि साधारणतया बदली छ। देशका बाँकी भूभागमा आंशिक  बदलीदेखि मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कोसी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी र लुम्बिनि प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार, ०९ कार्तिक २०८१, ०६ : ०५

प्रतिक्रिया