माई खोला हाइड्रोपावरले बोलायो वार्षिक साधारण सभा

शुक्रबार, ०९ कार्तिक २०८१, ११ : ४८

काठमाडौं - माई खोला हाइड्रोपावर लिमिटेडले मंसिर १४ गते स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गर्ने भएका छ । तसर्थ, कात्तिक २८ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

 
 

शुक्रबार, ०९ कार्तिक २०८१, ११ : ४८

प्रतिक्रिया