तिहारलाई सुनको असर्फी र चाँदी सिक्का बेच्दै राष्ट्र बैंक, निर्धारित मूल्य सहित

शनिबार, १० कार्तिक २०८१, ०९ : १३

काठमाडौ– नेपाल राष्ट्र बैंकले तिहार नजिकिदै गर्दा तिहारका लागि बिक्री गरिने स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ । 

बिहीबार एक सूचना प्रकाशित गर्दै ११ कात्तिक आइतबारदेखि चाँदीको सिक्का बिक्री गर्ने राष्ट्र बैंक टक्सार महाशाखाले जनाएको हो । सुनको असर्फी भने अभाव भएकाले १३ कात्तिकमा १ दिन मात्रै बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

महाशाखाद्वारा तिहारका लागि निर्धारित नयाँ मूल्यअनुसार १० ग्राम लक्ष्मी मेडालिनयन, गणेश मेडालिनयन, गज लक्ष्मी मेडालियनको मूल्य २२ सय रहेको छ । गत वर्ष यी मेडालियनको मूल्य २ हजार रूपैयाँ थियो ।

यसैगरी, १५ ग्राम टक्कसार यान्त्रिकरणको मूल्य ४१ सयबाट ४४ सय, ३१ दशमलव १०३ ग्राम राज्यरोहण १ ओजेडको ७ हजार ९ सय ५० बाट ८ हजार ५ सय ७५ पुगेको छ । अगाडि २५ ग्राम गाई मेडालियनको ५ हजार थियो भने यसपटक ५५ सय रूपैयाँ र १० ग्राम गाई मेडालियनको २ हजारबाट २२ सय रूपैयाँ पुगेको छ।

महाशाखाका अनुसार कात्तिक ११ गतेदेखि कात्तिक १४ गतेसम्म चाँदीका स्मारिका तथा मेडालियन बिक्री खुला गरिने छ। 

प्रतिव्यक्ति बढीमा ५ थानसम्म (गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम) किन्न पाइनेछ। बिहान ११ बजेदेखि मध्याह्न ४ बजेसम्म बिक्री खुला गरिने महाशाखाले जनाएको छ।

1729841330-l6mPu

शनिबार, १० कार्तिक २०८१, ०९ : १३

प्रतिक्रिया