काठमाडौँ - देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजारभन्दा बढी नाघेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो विवरणअनुसार हाल देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जना पुगेको हो।
यस्तै, यस अवधिमा ११ जना सङ्क्रमितको समेत मृत्यु भएको र र ७६ जिल्लामा सङ्क्रमण देखिएको ईडीसीडीको विवरणमा उल्लेख गरिएको छ। यस्तै हाल सबैभन्दा धेरै सङ्क्रमित कास्कीमा रहेको देखिएको छ भने त्यसपछि काठमाडौंमा बढी सङ्क्रमित छन्।
ईडीसीडीको विवरणअनुसार हाल कास्कीमा ७ हजार ८० जना सङ्क्रमित रहेका छन्। यस्तै काठमाडौंमा ४ हजार ६०, तनहुँमा २ हजार १९९, ललितपुरमा एक हजार ६०, एक हजार ५७ जना सङ्क्रमित छन्। भक्तपुरमा ६ सय २८ जना सङ्क्रमित छन्।
हाल सबैभन्दा धेरै डेङ्गु संक्रमण दर कास्की र काठमाडौंमा रहेको छ कास्कीमा हाल संक्रमण दर २६ प्रतिशत रहेको छ भने काठमाडौंमा १५ प्रतिशत रहेको छ।
प्रतिक्रिया