तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन

शनिबार, १० कार्तिक २०८१, १४ : ५०

काठमाडौँ - आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१\८२ को पहिलो तीन महिनाको अवधिमा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको छ।

कार्यालयका अनुसार चालु आव २०८१\८२ को पहिलो तीन महिनामा रु। एक अर्ब ८६ करोड ७५ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु। एक अर्ब ५७ करोड ८९ लाख राजस्व संकलन भएको छ।

साउनदेखि असोज महिनासम्मको अवधिमा अन्तःशुल्कतर्फ रु. एक अर्ब ४१ लाख, आयकरतर्फ रु. २० करोड ४४ लाख, मूल्यअभिवृद्धि करतर्फ रु.१८ करोड ८५ लाख, स्वास्थ्य जोखिम करतर्फ रु. १५ करोड ९९ लाख, ब्याजकरतर्फ रु. एक करोड ८१ लाख र बहालकर तर्फ रु. ३६ लाख राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०८०\८१ को अवधिको तुलनामा बढी राजस्व संकलन भएको हो। अघिल्लो आव २०८०\८१ को पहिलो तीन महिनामा रु। एक अर्ब ८८ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ प्रतिशत अर्थात् रु. एक अर्ब ४१ करोड राजस्व संकलन भएको थियो। कार्यालयका अनुसार चालु आव २०८१\८२ मा रु. आठ अर्ब ४४ करोड राजस्व संकलन गर्ने लक्ष्य छ। 


 

शनिबार, १० कार्तिक २०८१, १४ : ५०

प्रतिक्रिया