आर्थिक सुधारको सम्बन्धमा आयोगले सरोकारवालासँग माग्यो सुझाव

शनिबार, १० कार्तिक २०८१, १७ : २०

काठमाडौँ - सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आर्थिक सुधारको सम्बन्धमा सुझाव माग गरेको छ । 

शुक्रबार आयोगले सूचना प्रकाशित गर्दै करिब ३५ दिनको समय दिएर  उद्योगी, व्यवसायी, सङ्घ संस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता र आम सर्वसाधारणसँग सुझाव मागेको हो ।  

पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा सरकारले असोज तेस्रो साता आयोग बनाउने निर्णय गरेको थियो । उक्त आयोगमा राष्ट्रिय योजना आयोगका सदस्य डा।प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा।रामप्रसाद ज्ञवाली, अर्थविद् डा।विश्वास गौचन  र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा। कल्पना खनाल सदस्य रहेका छन् ।

उक्त समितिले आगामी मङ्सिर १५ गतेभित्र यस्तो सुझाव आयोगले उपलब्ध गराएको इमेल ठेगाना तथा आयोगको सचिवालयमा पेस गर्न आग्रह गरेको हो । 

शनिबार, १० कार्तिक २०८१, १७ : २०

प्रतिक्रिया