सानिमा बैंकले मंसिर ४ गते बोलायो साधारण सभा

आइतबार, ११ कार्तिक २०८१, ११ : ३०

काठमाडौँ - सानिमा बैंक लिमिटेडले वार्षिक साधारण सभा मंसिर ४ गतेका लागि बोलाएको छ ।

२० औँ वार्षिक साधारण सभा आम्रपाली बैङक्वेट भाटभटेनी काठमाडौँमा बिहान ११ बजे शुरु हुने गरि बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। कात्तिक २४ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।


 

आइतबार, ११ कार्तिक २०८१, ११ : ३०

प्रतिक्रिया