प्रभु बैंकको दिक्तेल शाखा कार्यालय स्थानान्तरण

आइतबार, ११ कार्तिक २०८१, ११ : ३९

 

काठमाडौँ - प्रभु बैंक लिमिटेडको दिक्तेल शाखा कार्यालय अब खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नयाँ स्थानमा सेवा प्रदान गर्ने भएको छ। 

बैंकले कात्तिक ११ गतेदेखि आइतबारदेखि आफ्नो बैंकिङ सेवा अम्बागाछी चोकबाट करिब ११०० मिटर उत्तरतर्फ रत्नपार्क नजिकैको शुभम् खाजा घर रहेको भवनको पहिलो तल्लामा स्थानान्तरण गरि सञ्चालन गर्ने जनाएको छ।

यस शाखा स्थानान्तरणपछि ग्राहक महानुभावहरूले अब नगरपालिका बिजनेस कम्प्लेक्स अगाडि रहेको नयाँ स्थानबाट प्रभु बैंकको सेवा लिन सक्नेछन्।

आइतबार, ११ कार्तिक २०८१, ११ : ३९

प्रतिक्रिया