जंगली च्याउ खाँदा पाँच जना बिरामी

आइतबार, ११ कार्तिक २०८१, ११ : ५२

काठमाडौँ- जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी भएका छन्। नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीका एकै घरका पाँच जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका हुन्।

च्याउ खाँदा ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी र ९ वर्षीया रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

आइतबार, ११ कार्तिक २०८१, ११ : ५२

प्रतिक्रिया