काठमाडौँ - चालु आर्थिक वर्षको तीन महिनामा लाभांश घोषणा गर्ने बैंकको संख्या पाँच पुगेको छ । ती बैंकहरुले सञ्चित नाफा र अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको निर्णय गरेका हुन् ।
प्राइम कमर्शियल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक र एभरेस्ट बैंकले यस्तो निर्णय गरिसकेका छन् । प्राइम कमर्शियल बैंकले ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ भने सानिमा बैंकले यो वर्ष ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । ग्लोबल आईएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।
त्यस्तै, सिटिजन्स बैंकले ४ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करबापत नगद लाभांशसहित ४.२१ प्रतिशत र एभरेस्ट बैंकले १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगदसहित १५.५३ प्रतिशत लाभांश दिने निर्णय यसअघि गरिसकेको छ ।
प्रतिक्रिया