अनुमति विना बैंककबाट काठमाडौँ आएको एयर एसियालाई कारबाही

आइतबार, ११ कार्तिक २०८१, १६ : ५५

काठमाडौँ - उडान अनुमति विना बैंककबाट काठमाडौँ आएको एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।

प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि एयर एसियाको नियमित उडानमा रोक लगाएको हो । प्राधिकरणले एयर एसियाको लोकल एजेन्ट युनिभर्सल टुर्स एण्ड ट्राभल्सलाई पनि कारबाही गरेर तत्काल टिकट काट्न रोक लगाएको छ । 

प्राधिकरणका अनुसार आजबाट ‘विन्टर सेड्युल’ सुरु भएको छ । तर एयर एसियाको काठमाडौँ उडान अनुमति शनिबारसम्मका लागि मात्रै थियो । 

अनुमति विना काठमाडौँ नजिक आएपछि विमानलाई ३७ मिनेट आकाशमा होल्ड गरिएको थियो । त्यसपछि यात्रुको सुरक्षालाई ख्याल गर्दै अवतरण गर्ने अनुमति दिइएको थियो । 
 

आइतबार, ११ कार्तिक २०८१, १६ : ५५

प्रतिक्रिया