सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

सोमबार, १२ कार्तिक २०८१, १२ : ३०

काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा कात्तिक महिना १२ गते सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८०\८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । 

बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८०\८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।

त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०८०\८१को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशत दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराएका थिए । 

साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए । 

यसका साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्‍याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सोमबार, १२ कार्तिक २०८१, १२ : ३०

प्रतिक्रिया