काठमाडौँ - नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै १०,२५ र ३५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का बिक्री गर्न सुरु गरेको छ।
राष्ट्र बैंकको टक्सार महाशाखाले लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन सिक्का बिक्री गर्न सुरु गरेको हो। १० ग्रामको चाँदी सिक्काको भाउ २ हजार २ सय रुपैयाँ, २५ ग्रामको ५ हजार ५ र ३५ ग्रामका ८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले जनाएको छ ।
प्रतिक्रिया