काठमाडौँ- यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा उक्त रकम बराबरको राजस्व सङ्कलन गरेको हो ।
नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमति पत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले २२ करोड ८१ लाख ४७ हजार आठ सय दुई राजस्व सङ्कलन भएको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार अनुसार चालु आवको तीन महिनामा सवारी करबाट दुई करोड ७४ लाख ६४ हजार नौ सय ५१, सवारी चालक अनुमति पत्र वितरणबाट सात करोड ५८ लाख ७२ हजार ४८, यातायात क्षेत्रको आम्दानीबाट १२ करोड ४८ लाख दुई हजार पाँच सय ५३ तथा बेरुजुबाट आठ हजार दुई सय ५० राजस्व सङ्कलन भएको छ ।
यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल पाँच सय ७३ वटा, साना सवारी तीन सय ३२ वटा, टेम्पोरई–रिक्सा दुई सय ४८ वटा, ठुला तथा मझौला सवारी एक सय ५८ वटा र ट्र्याक्टर एक गरी एक हजार तीन सय १३ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यस अवधिमा नयाँ एक हजार एक सय ९६ र वर्ग थप आठ सय ५९ गरी दुई हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र ९लाइसेन्स० वितरण गरिएको कार्यालयले स्रोतले जनाएको छ ।
यस्तै सो अवधिमा एक हजार पाँच सय ४६ नवीकरण, २९ वटा प्रतिलिपि १७ नवीकरण प्रतिलिपि दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।
प्रतिक्रिया