जीवन बीमा कम्पनीहरूले ४१ अर्ब रुपैयाँ बढीको व्यापार गरेको बीमा प्राधिकरणले जनाएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले चालु आवको ३ महिनामा ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।
यसरी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । नेपाल लाइफले ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः ४ अर्ब ९० कराड ५० लाख र ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
यसैगरी, हिमालयन लाइफले ४ अर्ब ३१ करोड १२ लाख, सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड ९३ लाख, एशियन लाइफले २ अर्ब ३ करोड ६८ लाख, सिटिजन लाइफले १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड २२ लाख, मेटलाइफले १ अर्ब ४४ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
यस्तै, लघु जीवन बीमकहरू गार्डियन माईक्रो लाइफ, क्रोष्ट माइक्रो लाइफ र लिबर्टी माईक्रो लाइफले क्रमशः ८ करोड ७१ लाख, ७ करोड ९७ लाख र ५ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया