१ करोडको व्यापार गर्दै सम्पन्न भयो गोदावरी पुष्प मेला

सोमबार, १२ कार्तिक २०८१, १५ : ५५

काठमाडौँ- ललितपुरको जावलाखेल मैदानमा चलेको १७ औँ गोदावरी पुष्प मेला आइतबार सम्पन्न भएको छ । चार दिनदेखि चलेको मेलामा ४३ हजार ६ सयले अवलोकन गर्दा १ करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । 

एसोसिएसन आयोजनामा कार्तिक ८ गते देखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार ९ सय जनाले अवलोकन गर्दा २५ लाखको कारोबार भएको हो ।  दोस्रो दिन ९ हजार ८ सय जनाले अवलोकन गर्दा २५ लाख रुपैयाँ बराबरको कारोबार भएको र तेस्रो दिन शनिबार १५ हजार ९ सय जनाले अवलोकन गर्दा ५० लाख रुपैयाँको कारोबार भएको थियो भने आज अन्तिम दिनमा ११ हजारले अवलोकन गर्दा  २८ लाख रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ ।Capture

 चार दिनसम्म चल्ने मेलामा ४० हजार बढीले प्रत्यक्ष अवलोकन तथा एक करोडभन्दा बढीको व्यवसायिक कारोबार हुने आयोजकको प्रक्षेपण भए पनि लक्ष्यभन्दा बढी कारोबार र अवलोकनकर्ताको भएको आयोजकले बताएको छ ।  पुष्प व्यवसाय प्रवर्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्‍याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो । मेला अवधिभर अवलोकनकर्ताले सबैभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । 

इन हाउस ग्रीन प्लान्टको पनि विक्रि राम्रै देखिएको स्रोतको भनाई छ । मेलाको अवलोकनका लागि विभिन्न अनुसन्धानकर्ता, कलेज तथा स्कुलका बालबालिकाहरूको बाक्लो उपस्थिती रहेको थियो। चार दिने मेलामा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीरुका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रर्दशनी कक्षहरु रहेका थिए । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गराएको थियो । 1730107550-kKJYL

नेपालमा वि.सं. २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मूख्य शहरहरू लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ ।हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि अनुमानित ५१ हजार ५०० भन्दा बढी जशक्तिहरू रोजगार रहेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले उपल्बध गराएको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष पुष्प व्यवसाय फस्टाउँदै गएको देखाएको छ ।

सोमबार, १२ कार्तिक २०८१, १५ : ५५

प्रतिक्रिया