तिहारमा सर्वोच्च अदालत ५ दिन बन्द

सोमबार, १२ कार्तिक २०८१, १६ : ०३

काठमाडौँ - तिहारको अवसरमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने निर्णय गरिएको छ।

सर्वोच्च अदालतको प्रशासन शाखाले सोमबार एक सूचना जारी गर्दै, अदालत बन्द भए पनि न्याय प्रशासन ऐन, २०७३ को धारा २६ अनुसार उक्त अवधिमा पर्ने भाइटीका र शनिबार बाहेकका अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हुनेछ।

यसका लागि सुनुवाइका लागि अदालत बिहान १२ बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहने जनाइएको छ।

सोमबार, १२ कार्तिक २०८१, १६ : ०३

प्रतिक्रिया