काठमाडौंबाट दिल्ली उड्न लागेको जहाजमा बम रहेको सुचना

सोमबार, १२ कार्तिक २०८१, १७ : ०२

काठमाडौँ - काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको सूचना बम रहेको हल्ला चलेको छ । 

सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको हो । ।

एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि चेकजाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएकोे छ ।

६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन । दिल्लीबाट १३७ जना यात्रु लिएर आएको सो विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किँदै थियो ।

तर, दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच भइरहेको एसएसपी बिकले जानकारी दिए । सो विमानमा १६९ जना यात्रु दिल्ली उड्ने प्रतीक्षामा छन् ।
 

सोमबार, १२ कार्तिक २०८१, १७ : ०२

प्रतिक्रिया