काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउविरुद्ध आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ।
अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोधविरुद्ध दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वृहत् प्रदर्शन गर्न लागिएको रास्वपाका नेताहरुले बताएका छन् ।
सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ।
लगातार सडक आन्दोलन गरेको रास्वपाले हिजो मात्र प्रर्दशन गरेन। राजनीतिक प्रतिशोधविरुद्ध आफूहरुको लडाइ नरोकिने पार्टीको निर्णय छ । आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन् ।
प्रतिक्रिया