सभापति देउवाद्वारा बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई नगद सहयोग

मंगलबार, १३ कार्तिक २०८१, १६ : ००

काठमाडौँ - नेपाली कांग्रेसका ले सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारका सदस्यहरूलाई जनही २५ हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गरेका छन् ।

ललितपुर जिल्ला कांग्रसले असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण ललितपुरमा मृत्यु भएकाहरूलाई नगद सहयोग गरेको हो ।

मंगलबार जिल्ला कार्यसमितिले गोदावरी नगरपालिका वडा नम्बर १० टाहाखेलमा कार्यक्रम गरेर बाढी पहिरोमा परेर मृत्यु भएकाको परिवारलाई सहयोग उपलब्ध गराएको हो ।

मंगलबार, १३ कार्तिक २०८१, १६ : ००

प्रतिक्रिया