बालुवाटारबाट पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा

मंगलबार, १३ कार्तिक २०८१, १७ : ५५

काठमाडौँ - बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसहित ५१ जना रिहा भएका छन् । 

पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले मंगलबार गरेको प्रदर्शनका क्रममा पक्राउ परेका सांसद अशोक चौधरीसहितका ५१ जना रिहा भएका हुन् । 

बालुवाटार घेराउ गर्न पुगेका उनीहरूलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको छन् ।

रास्वपाले मंगलबार लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो । 

मंगलबार, १३ कार्तिक २०८१, १७ : ५५

प्रतिक्रिया