तिहारको उपलक्षमा सानिमा बैंकद्वारा बिग मार्टमा छुटको व्यवस्था

बुधबार, १४ कार्तिक २०८१, १६ : १७

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रालि)मा छुटको व्यवस्था गरेको छ। 

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% वा रु. २०० सम्म छुट प्राप्त गर्न सक्ने सानिमा बैंकले जनाएको छ। यो अफर यही कार्तिक १५ देखि कार्तिक १८सम्म लागु रहने जनाइएको छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु संचालनमा रहेका छन्। बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकले आफ्नो वेबसाइटमा उपलब्ध गराइएको बताएको छ।
 

बुधबार, १४ कार्तिक २०८१, १६ : १७

प्रतिक्रिया