गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

विहीबार, १५ कार्तिक २०८१, ११ : ३३

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न  निर्देशन दिएका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिए। 

उनले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गरे । टेलिकमका  अनुसार एक करोड दुई लाख ७० हजार कोषमा दाखिला गरिएको छ ।
 

विहीबार, १५ कार्तिक २०८१, ११ : ३३

प्रतिक्रिया