आज कुन राशीमा के छ ?

शुक्रबार, १६ कार्तिक २०८१, ०६ : ५८

काठमाडौं– आज बि.सं. २०८१ कार्तिक १६ गते शुक्रबार ई.सं. २०२४ नोभेम्बर ०१ नेपाल सम्बत ११४४ कौलागा आमै, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण औंसी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, प्रीति योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ६ः१४मा हुनेछ भने सूर्यास्त साँझ ५ः१९ हुनेछ । तदनुसार आजको राशिफल यसप्रकार रहने छः

मेष राशी भएकाहरुलाई आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।

वृष राशी भएकाहरुको आज लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

मिथुन राशी भएकाहरुलाई आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।

कर्कट राशी भएकाहरुको लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा नपरेकै राम्रो हुन्छ ।

सिंह राशी भएकाहरुको महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या राशी भएकाहरुको जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । सामाजिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।

तुला राशी भएकाहरुको आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्य प्रतिकूल रहनाले खर्च पनि बढ्न सक्छ ।

वृश्चिक राशी भएकाहरुलाई धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।

धनु भएकाहरुलाई राजनैतिक र न्यायिक कार्यबाट सफलता मिल्ने र रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

मकर राशी भएकाहरुको आज विदेश अथवा दूरदराजमा बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहनेछ, तर लामो यात्रा नगरेकै जाती अतः लाभ मिल्ने छैन ।

कुम्भ राशी भएकाहरुले आज स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । मालसामान हराउन पनि सक्छ ।

मीन राशी भएकाहरुलाई महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शेयर बजारको कारोबार राम्रै होला, तर यात्रा चैं राम्रो नहोला । 

शुक्रबार, १६ कार्तिक २०८१, ०६ : ५८

प्रतिक्रिया