तीन महिनामा दुई करोड रुपैयाँ बढी राजस्व संकलन

शुक्रबार, १६ कार्तिक २०८१, ११ : ०६

काठमाडौँ - राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१\८२ को तीन महिनामा दुई करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१\८२ को साउनदेखि असोजसम्ममा दुई करोड १४ लाख छ हजार एक सय २० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

सवारीसाधन करबाट रु एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट रु ६५ हजार नौ सय १० र सवारी दर्ता किताबापत रु २५ लाख ४३ हजार एक सय ८५ राजस्व सङ्कलन भएको छ ।

सवारी चालक अनुमतिपत्र बापत रु ९१ लाख ९१ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०\८१ मा रु १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व सङ्कलन भएको थियो भने २०७९र८० मा सात करोड ५६ लाख २५ हजार चार सय ७५ रुपैयाँ सङ्कलन भएको थियो ।

शुक्रबार, १६ कार्तिक २०८१, ११ : ०६

प्रतिक्रिया