काठमाडौँ - ग्रामीण क्षेत्रका सडक प्रयोगकर्तालाई लक्षित गरेर बागमती प्रदेशका १० वटा जिल्लाका ग्रामीण क्षेत्रमा अभियान सुरु गरिएको छ ।
ग्रामीण क्षेत्रमा बसको छतमा बसेर यात्रा गर्ने र बिना हेलमेट मोटरसाईकल चलाउने जस्ता गतिबिधि हुने गरेका छन् । ट्राफिक नियम थाहा नपाउँदा र जोखिमपुर्ण यात्रा गर्दा दुर्घटनामा पर्नेबारे सम्बन्धित जिल्लाका ट्राफिक प्रहरीले ग्रामीण भेगमा चल्ने सार्वजनिक सवारी र बस छुट्ने स्थानमा पुगेर ‘ट्राफिक शिक्षा’ अभियान सुरु गरेका हुन् । अभियान निरन्तर सञ्चालन गरिने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया