राम मन्दिर क्षेत्रमा आगलागी, ४ लाख बराबरको धनमाल क्षति

शुक्रबार, १६ कार्तिक २०८१, १२ : १२

काठमाडौँ- काठमाडौँको गौशालास्थित राम मन्दिर क्षेत्रमा आगलागी भएको छ । काठमाडौँ–८ स्थित राम मन्दिर नजिकै चटपटे र किराना पसलमा गएराति आगलागी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

आगलागीका कारण करिब ४ लाख बराबरको धनमाल क्षति भएको आलकन गरिएको छ । गए राति आगलागी सुरु भएपछि माथिल्लो तलामा सुतिरहेका ७० वर्षीय सौभाग्य विक्रम शाहलाई गौशालाका डीएसपी सुकेदव खनाल नेतृत्वको टिमले उद्धार गरेको थियो ।

दीपावली गर्न बालिएको बत्तीबाट सुरु भएको आगो फैलिएर खाना पकाउने ग्याँस पड्किएको थियो । दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौशालाले जनाएको छ । 

शुक्रबार, १६ कार्तिक २०८१, १२ : १२

प्रतिक्रिया