काठमाडौं– २०२५ मा विश्व महंगी दरमा ५ प्रतिशतले गिरावट आउने जनाएको छ।
विश्वव्यापी रुपमा ३ वर्ष लगातार बढेको वस्तुको मूल्य २०२५ र २०२६ मा घट्ने विश्व बैंकले जनाएको हो।
विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै वस्तुको मूल्यमा २०२५ मा ५ प्रतिशत र २०२६ मा थप २ प्रतिशत घट्ने विश्व बैंकको रिपोर्टमा उल्लेख छ। त्यसबाहेक विभिन्न धातु र कृषिजन्य कच्चा पदार्थको मूल्य घट्ने प्रक्षेपण गरिएको छ।
अहिले पेट्रोलियम पदार्थको कच्चा तेल ८० डलर प्रतिब्यारेल लिटर छ भने २०२५ मा ७३ डलर हुने २०२६ मा प्रतिब्यारेल ७२ डलरमा झर्ने अनुमान छ।
सन् २०२० को दरमा वस्तुको मूल्य घट्ने अनुमान गरिए पनि २०१५–२०१९ को तुलनामा ३० प्रतिशत बढी हो।
प्रतिक्रिया