आजको मौसम कस्तो छ ? हल्का वर्षा र हिमपातको सम्भावना

शनिबार, १७ कार्तिक २०८१, ०६ : ४१

काठमाडौं–  आज शनिबार जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाकाले केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश र बागमती प्रदेश लगायत  देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै तथा बाँकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

शनिबार, १७ कार्तिक २०८१, ०६ : ४१

प्रतिक्रिया