काठमाडौँ - पाकिस्तानको लाहोर शहरमा लकडाउन गरिएको छ । अति नै खतरनाकस्तरमा उक्लिएको वायु प्रदूषणको स्तर नियनत्तण गर्न नगरका अधिकारीहरू केही उपायहरू चालिरहेका छन् ।
नोभेम्बर ४ देखि कम्तिमा एक हप्तासम्मका लागि विद्यालय बन्द गरिएको छ । कार्यालयमै आएर काम गर्ने ५० प्रतिशत कर्मचारीहरूले घरबाट काम गर्नेछन् । सप्ताहन्तमा शहरको वायु गुणस्तर सूचक ९एक्यूआई० हजारमाथि उक्लिएको पुगेको छ । विश्व स्वास्थ्य संगठनले सुरक्षित भनेर तोकेको स्तरको भन्दा झन्डै ४० गुणा धेरै हो ।
यो सँगै लगातार दोस्रो पटक पनि लाहोर विश्वको सबैभनदा बढी प्रदूषित शहरको शीर्ष स्थानमा रहेको छ । प्रदूषणका कारण पञ्जाब सरकारले विद्यालयमा मास्क अनिवार्य बनाएको छ । धुँवा बालबालिकाका लागि निकै घातक भएको पञ्जाबकी वरिष्ठ मन्त्री मरियम औरङजेबले बताएकी छिन् ।एजेन्सी
प्रतिक्रिया