सात वटा वाणिज्य बैंकको लाभांश घोषणा, कुनले कति दिँदैछन्?

सोमबार, १९ कार्तिक २०८१, १३ : २५

काठमाडौँ - सात वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । जसमा केही बैंकहरुले उक्त प्रस्तावित लाभांश साधारण सभाबाट पारित गरिसकेका छन् भने केही बैंकले वार्षिक साधारण सभा आह्वान गरेका छन् ।

सबैभन्दा धेरै लाभांश स्टयान्डर्ड चार्टर्ड बैंकको २५.५ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले ६.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

प्राइम बैंकले गत आ.व.को नाफाबाट ५ प्रतिशत लाभांश घोषणा गरेको छ । यो पटक बैंकले बोनस सेयर नदिने भएको छ ।

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्तवा गरेको छ । बैंकले साधारणसभा मंसिर ४ गते गर्ने प्रस्ताव गरेको छ । बैंकले कात्तिक २५ गते बुक क्लोज गर्ने भएको छ ।

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफबाट ५.५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । यो पटक बैंकले नगद लाभांश नदिने भएको छ ।

नबिल बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो पटक बैंकले बोनस सेयर नदिने भएको छ ।

यी बैंकहरुले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

यस्तै सिटिजन्स बैंकले गत आ.व.को नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिएको छ । बैंकको सभाले यो प्रस्ताव पारित गरेको छ ।

यस्तै एभरेष्ट बैंकले १० प्रतिशत बोनस र ५.५३ नगद सहित १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बैंकको वार्षिक साधारण सभाले पारित गरेको छ ।

सोमबार, १९ कार्तिक २०८१, १३ : २५

प्रतिक्रिया