‘मिस्टर नेपाल २०२४’ को विजेता सन्तोष लोक्सम लिम्बु भियतनाम प्रस्थान गरेका छन् । आगामी नोभेम्बर महिनामा भियतनामा सञ्चालन हुने ‘मिस्टर वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै उनी सोमबार प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले ‘मिस्टर वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै देशको सुन्दरता प्रस्फुटन गर्न जान पाउँदा गर्वको महसुस भएको बताए ।
गत भदौ ८ गते ‘मिस्टर नेपाल २०२४’ को विजेता बनेसँगै उनी आधिकारिक रूपमा ‘मिस्टर वर्ल्ड २०२४’ को लागि चयन भएका हुन् ।
प्रतिक्रिया