माओवादी केन्द्रले कीर्तिपुरको मेयरमा शिवशरण महर्जनलाई उम्मेदवार बनाउने

मंगलबार, २० कार्तिक २०८१, ०९ : ५८

काठमाडौं- नेकपा(माओवादी केन्द्र)ले कीर्तिपुरको मेयरको उम्मेदवार शिवशरण महर्जनलाई बनाउने निर्णय गरेको छ। सोमबार पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका इन्चार्ज अग्नि सापकोटाको उपस्थितिमा बसेको बैठकले महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमाले र राप्रपाले यस अघि नै उम्मेदवार घोषणा गरिसकेका छन् भने कांग्रेसले घोषणा गर्न बाँकी छ।

मंगलबार, २० कार्तिक २०८१, ०९ : ५८

प्रतिक्रिया