काठमाडौँ - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्यालय प्रयोजनका लागि हेटौडामा ६० धुर भवन सहितको जग्गा खरिद गरेको छ ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति बमोजिम मकवानपुर जिल्लाको हेटौडा उपनगरपालिका वडा नम्बर ४ मा दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहको उक्त भवन सहितको जग्गा कम्पनीले खरीद गरेको हो ।
भवन सहितको जग्गाको मूल्य ७९ लाख ५१ हजार ५०० रुपैयाँ रजिष्ट्रेशन शुल्क र कुल क्षेत्रफल जग्गाको मूल्य १७ करोड १० लाख रुपैयाँ गरी जम्मा १७ करोड ८९ लाख ५१ हजार ५०० रुपैयाँ रहेको जानकारी समेत कम्पनीले दिएको छ ।
कात्तिक १४ गते कम्पनीले कार्यालय प्रयोजनका लागि उक्त जग्गा खरीद गरेको थियो ।
प्रतिक्रिया