काठमाडौं- नेपालको निर्जीवन बीमा क्षेत्रमा आठ वर्षदेखि बीमा सेवा प्रदान गर्दै आइरहेको सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका अन्तर्गतका तीन वटा विद्यालयहरूमा विद्यार्थीहरूलाई आवश्यक पर्ने शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत असार २३ गते उक्त सामाग्री हस्तान्तरण गरेको हो । जसमा पोखरा महानगरपालिका वडा नं. १२ ढिकालेथरमा रहेको सरस्वती आधारभूत विद्यालयमा रु १ लाख ३५ हजार रकम बराबरको १५ थान फलामे डेस्क, बेन्च हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोला, विशेष अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्र, अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर कर्की, प्रधान अध्यापक रुद्र बहादुर रानाभाट रहेको उक्त कार्यक्रमको सभा अध्यक्ष सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले गरेका थिए ।
उक्त कार्यक्रममा वडा नं.१२ का जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य, स्थानीय बासिन्दा, सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका कर्मचारी सहितको उपस्थिति रहेको थियो ।
यस्तै, पोखरा महानगरपालिका वडा नं. १० कुडँहरमा रहेको कुडँहर आधारभूत विद्यालयमा रु १ लाख रकम बराबरको विद्यालयलाई आवश्यक विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो। उक्त विद्यालयमा रहेका विशेष क्षमता भएका विद्यार्थीहरुलाई मध्यनजर गरेर सामाग्री हस्तान्तरण गरिएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजेश गुरुङ, विशेष अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्र, अतिथिहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सेना, प्रधान अध्यापक श्रनन्द किशोर बराल थिए ।
उक्त कार्यक्रमको सभा अध्यक्ष सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले गरेका थिए भने कार्यक्रम सञ्चालन कम्पनीका कर्मचारी अनिस रन्जीतले गरेका थिए ।
उक्त कार्यक्रममा वडा नं. १० का जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य, स्थानीय बासिन्दा, सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका कर्मचारी सहितको उपस्थिति रहेको थियो ।
तेस्रो कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३२ मा रहेको चन्द्रज्योति आधारभूत विद्यालयमा रु १ लाख रकम बराबरको विद्यालयलाई आवश्यक विभिन्न खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ३२ का वडा सदस्य तीर्थ बहादुर सुयल, विशेष अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्र, अतिथिहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पाण्डे , प्रधान अध्यापक ढुण्डिराज पौडेल र निप्स पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेल थिए ।
प्रतिक्रिया