काठमाडौँ - जाडो मौसम सुरु भएसँगै दिन छोटिने र रात लम्बिने भएकाले आजदेखि सरकारी कार्यालयहरू अपराह्न ४ बजेसम्म मात्र खुला हुने छन् ।
आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय छोटिएको हो ।
गत बिहीबार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।
प्रतिक्रिया