छिमेकी राष्ट्र चीनद्वारा प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो

मंगलबार, २० कार्तिक २०८१, १५ : ०१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी राष्ट्र चीनले भ्रमणको निम्तो दिएको छ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्रमा आउँदो डिसेम्बर २ देखि ६ सम्म चीन भ्रमणको निमित्त औपचारिक निम्तो दिइएको हो।

एक साता अघि नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत दिएको निम्तो प्रधानमन्त्री कार्यालय पुगेको छ। यद्यपि प्रधानमन्त्री ओलीले त्यसको विषयमा भने हालसम्म कुनै पनि प्रतिक्रिया नदिएको सचिवालयको भनाई छ ।

मंगलबार, २० कार्तिक २०८१, १५ : ०१

प्रतिक्रिया