काठमाडौं - संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति छान्न मङ्गलवार नोभेम्बर ५ का दिन मतदान हुँदै छ।
प्रतिस्पर्धा कति कसिलो हुन्छ त्यसका आधारमा मतदान सकिएको केही घण्टा, दिन वा कहिलेकाहीँ कैयौँ दिनसम्म पनि विजेता को भएको छ भन्ने छुट्ट्याउन गाह्रो हुन सक्छ।
राष्ट्रपति निर्वाचन २०२४ को परिणाम कहिले आउन सक्छ <
डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ। ह्यारिस पदासीन उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति हुन्।
मतदान हुने दिन नजिकिँदै गर्दा देशभरि र ुस्विङ स्टेटुमा गरिएका मतसर्वेक्षणहरूले यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा अझ बढेको देखाएका छन्। त्यसले विभिन्न स्थानमा थोरै मतान्तरले जितको छिनोफानो हुन सक्ने देखाउँछ। परिणामस्वरूप पुनः मतगणना पनि हुन सक्छ।
यद्यपि मिशिगनजस्ता राज्यमा गणनाको गतिलाई बढाइएको छ। अनि कोभिड महामारीका बेला भएको गत निर्वाचनसँग तुलना गर्दा यसपालि हुलाकमार्फत् गरिने मतदानको सङ्ख्या निकै घटेको छ।
यी सबै कुराहरूले के सङ्केत गर्छन् भने विजेताको नाम घोषणा हुन निर्वाचन सकिएकै राति, भोलिपल्ट बिहान वा कैयौँ दिन वा केही साता पनि लाग्न सक्छ।
२०२० निर्वाचनको परिणाम कहिले आएको थियो ?
सन् २०२० मा भएको निर्वाचनका लागि मङ्गलवार, नोभेम्बर ३ मा मतदान भएको थियो। तर अमेरिकी टेलिभिजन सञ्जालले शनिवार, नोभेम्बर ७ बिहानसम्म जो बाइडनले चुनाव जितेको घोषणा गरेनन्।
मतदान सम्पन्न भएको रातिसम्म ट्रम्पका समर्थकहरू उनले जित्नेमा ढुक्क थिए। तर दुवै उम्मेदवारले नै निर्वाचन जित्न आवश्यक २७० इलेक्टोरल कलेज मत प्राप्त गर्नसक्ने अवस्था थियो।
अधिकांश राज्यहरूले मतदान सकिएको २४ घण्टाभित्रै परिणाम घोषणा गरे। तर पेन्सिल्भेनिआ र नभाडाजस्ता केही महत्त्वपूर्ण राज्यले त्यसो गरेनन्।
उन्नाइस इलेक्टोरल कलेज मत भएको पेन्सिल्भेनिआ राज्य डेमोक्र्याटिक पार्टीतिर ढल्किएको देखिन्थ्यो। शनिवार बिहान उक्त राज्यमा गन्न बाँकी थप मतका आधारमा टेलिभिजन च्यानलहरूले बाइडनले त्यहाँ जित्ने अनुमान गरे।
परिणाम घोषणा गर्नेमा सीएनएन थियो। पन्ध्र मिनेटभित्र अरू टीभी सञ्जालले पनि त्यहाँ बाइडन विजयी भएको घोषणा गरे।
राष्ट्रपति निर्वाचनको परिणाम प्रायः कहिले घोषणा हुन्छ ?
सामान्यतयाः विजेता को भयो भन्ने कुरा प्रायः निर्वाचन सकिएको राति नै वा भोलिपल्ट बिहानै मतदाताहरूले थाहा पाउने गरेका छन्।
उदाहरणका लागि, सन् २०१६ मा मतदान सकिएको भोलिपल्ट बिहान सबेरै (ईएसटी ३ बजे, जीएमटी ८ बजे०) ट्रम्प विजेता घोषित भएका थिए।
सन् २०१२ मा बराक ओबामा दोस्रो पटक निर्वाचित हुँदा मतदान सकिएको राति नै उनी विजयी हुने अनुमान गरिसकिएको थियो।
के २०२४ को राष्ट्रपतीय चुनाव अमेरिकी इतिहासकै महत्त्वपूर्ण हो ?
कमला ह्यारिस र डोनल्ड ट्रम्पको यसअघि नदेखिएको भिन्न जीवन
तर सन् २००० मा जोर्ज डब्ल्यू बुश र एल गोर उम्मेदवार बनेको निर्वाचनको परिणाम आउन निकै समय लाग्यो।
निकै कडा प्रतिस्पर्धा भएको दुई पक्षबीच फ्लोरिडा राज्यमा विवाद भयो। देशको सर्वोच्च अदालतले पुनः मतगणना गर्ने कार्य रोक्न आदेश दिएपछि डिसेम्बर १२ मा बल्ल त्यहाँको परिणाम घोषणा भयो। त्यहाँ विजयी भएपछि बुशका लागि ह्वाइट हाउस जाने बाटो खुल्यो।
मतगणना कसरी हुन्छ ?
सामान्यतया निर्वाचनको दिन दिइएको मत रुजु गरिन्छ। त्यसपछि क्रमशः पहिल्यै र हुलाकमार्फत् पठाइएको मत, दाबी विरोध भएको मत अनि विदेशमा र सैन्य सेवामा भएका मानिसले दिएको मतको पालो आउँछ।
स्थानीय निर्वाचन अधिकृतहरूले प्रत्येक मतलाई प्रमाणीकरण गर्दै गणना गर्छन्। उक्त प्रक्रियालाई ुक्यान्भासिङु भनिन्छ। त्यस्ता अधिकृतहरू कहिलेकाहीँ नियुक्त र कहिलेकाहीँ निर्वाचित भएका हुन्छन्।
मत प्रमाणीकरण गर्दा जीवित मतदाताको कुल सङ्ख्या र खसेको मतको सङ्ख्याको तुलनास मतपत्र च्यातिएको वा त्यसमा मसी लतपतिएको छ कि छैन भनेर हेर्न प्रत्येक मतपत्र निकाल्ने, खोल्ने र जाँच्ने कामस अनि केही अस्वाभाविकता भए तिनको अभिलेख राख्ने र छानबिन गर्ने काम गरिन्छ।
राष्ट्रपति निर्वाचनको मतपरिणामलाई कसैले चुनौती दियो भने के हुन्छ ?
अन्तिम परिणाममा प्रत्येक मान्य मत समावेश गरिसकेपछि तथा पुनः मतगणनाजस्ता प्रक्रियाहरू सम्पन्न भइसकेपछि मतपरिणाम प्रमाणीकरण गरिन्छ। उक्त कार्य पहिला स्थानीय तहमा र पछि राज्य तहमा गरिन्छ।
राज्यका कार्यकारी प्रमुखले (प्रायः गभर्नरले) ुइलेक्टरु अर्थात् निर्वाचकहरूको ुस्लेटु अर्थात् समूहलाई प्रमाणित गर्छन्। उक्त समूहले इलेक्टोरल कलेज (निर्वाचक मण्डल) मा उक्त राज्यको प्रतिनिधित्व गर्दछ। ती निर्वाचकहरूले डिसेम्बर १७ मा आआफ्नो राज्यमा भेला भई छुट्टै मतदान गर्ने छन्। त्यसपछि उनीहरूको मत वाशिङ्टन डीसी पठाइन्छ।
इलेक्टोरल कलेजको मत गणना गर्न ज्यानुअरी ६ मा यूएस कङ्ग्रेसको संयुक्त बैठक बस्ने छ। त्यसको अध्यक्षता पदासीन उपराष्ट्रपतिले गर्ने छिन्।
सन् २०२० को निर्वाचपछि ट्रम्पले पराजय स्वीकार गर्न मानेका थिएनन्। अमेरिकी संसद्ले बाइडनको विजयलाई प्रमाणीकरण गर्न बैठक गर्न लागेको बेला ट्रम्पले आफ्ना समर्थकहरूलाई यूएस क्यापिटलसम्म जुलुस निकाल्न भनेका थिए।
नयाँ राष्ट्रपतिले कहिले पदभार ग्रहण गर्छन् ?
ज्यानुअरी २०, २०२५ सोमवार संयुक्त राज्य अमेरिकाको संसद् ुयूएस क्यापिटलु को परिसरमा आयोजना गरिने विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण गर्ने छन्।
यसपालि अमेरिकाको इतिहासमा साठियौँ पटक त्यस्तो समारोह हुने छ।
उक्त समारोहमा नयाँ राष्ट्रपतिले देशको संविधानको रक्षा गर्ने वाचा गरेर राष्ट्रपतिका रूपमा पहिलो भाषण गर्ने छन्।
बीबीसी
प्रतिक्रिया