काठमाडौँ - राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्व सभापति डा. सुरेश आचार्य सिफारिस भएका छन् ।
यस्तै, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस भएको छ । डा. आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् भने विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुन् । अर्का सदस्य भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य थिइन् ।
प्रतिक्रिया