त्रिभुवन विमानस्थलमा पाँच किलो सुनसहित तीन जना पक्राउ

बुधबार, २१ कार्तिक २०८१, ०९ : ०५

काठमाडौं- त्रिभुवन विमानस्थलमा पाँच किलो सुन सहित तीन विदेशी नागरिक पक्राउ परेका छन्।

उनीहरुलाई मंगलबार साँझ पाँच किलो ७ सय ग्राम सुनसहित पक्राउ गरिएको सशस्त्र प्रहरीका  सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार एयर अरेबियाको जहाजमा यूएईको  शारजाहबाट काठमाडौं आएका चिनियाँ नागरिक जियान जोङ तथा  म्यानमारका सान दाइङ तुङ रइ नोङ फुलाई उक्त सुनसहित पक्राउ गरिएको हो।

बुधबार, २१ कार्तिक २०८१, ०९ : ०५

प्रतिक्रिया