अनुमतिबिना जापान जाने मन्त्रीको राजीनामा

बुधबार, २१ कार्तिक २०८१, १२ : ५६

काठमाडौं– मन्त्रिपरिषद्को निर्णयबिना नै जापान पुगेर फर्किएपछि विवादमा तानिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिने भएका छन्। उनले बुधबार पदबाट राजीनामा दिन लागेका हुन्। बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवाद भएपछि उनले राजीनामा दिन लागेका हुन्। 

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ।

मन्त्री अधिकारी भने मन्त्रिपरिषद्को निर्णयबिना नै जापान पुगेर फर्किएपछि आलोचित भएका थिए। उनको जापान भ्रमण कूटनीतिक मर्यादाविपरीत थियो। जापानमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै अधिकारी गत कात्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

बुधबार, २१ कार्तिक २०८१, १२ : ५६

प्रतिक्रिया