निफ्राको संस्थापक सेयर बिक्रीमा

बुधबार, २१ कार्तिक २०८१, १४ : २६

काठमाडौं- नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेडले  झण्डै साढे दुई लाख संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी दिपक कुमार मुन्दडाको नाममा रहेको २ लाख ४३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछ्न्। शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

बुधबार, २१ कार्तिक २०८१, १४ : २६

प्रतिक्रिया