छठ पर्वको अवसरमा आज सार्वजनिक बिदा

विहीबार, २२ कार्तिक २०८१, १० : २४

काठमाडौँ - आज सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।

आज छठ पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाले सेयर कारोबार बन्द हुने भएको हो । अन्य निजी, सार्वजनिक र सरकारी निकाय भोलि शुक्रबार खुल्नेछन्। सेयर बजार भने अब आईतबार बिहान ११ बजे मात्र खुल्नेछ ।
 

विहीबार, २२ कार्तिक २०८१, १० : २४

प्रतिक्रिया